बिर्तामोड । 

लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ । स्मार्ट लेडीले झापाको बिर्तामोड ४ मा रहेको अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज (बुधबार) स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको हो । 

लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतमा भएको स्वीटर तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो । 

विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई स्वीटर र ७० जनालाई शैक्षिक सामग्री वितरण गरिएको  जनाइएको छ ।  स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, विद्यालयका प्रधानाध्यापक टंक कटुवाल, लायन्सका डिष्ट्रिक क्याविनेट सेक्रटरी लीला चिमरियालयागतले स्मार्ट लेडीले गरेको सामाजिक कार्यप्रति प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन स्मार्ट लेडीकी सचिव संगीता गिरीले गरेकी थिइन । 

smart lady

कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा २ सय ९३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक टंक कटुवालले जानकारी दिए । कार्यक्रममा स्मार्ट लेडीका सदस्यसहित बिद्यालयका शिक्षक तथा शिक्षिकाकोसमेत उपस्थिति रहेको थियो । 

स्मार्ट लेडीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत केही समयअघि बिर्तामोड–२ स्थित चैतुवारीको पञ्चरत्न माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरणसहित बाल क्लबलाई ५ हजार एकसय रुपैयाँ समेत आर्थिक सहयोग गरेको छ ।