मेचीनगर । 

झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मुनिलाल राजबंशी चयन भएका छन । बिद्यालयमा आयोजित भेलाले राजबंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष राजबंशी माओवादी केन्द्र मेचीनगर–१४ का अध्यक्षसमेत हुन् ।

सचिवमा विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजबंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फुलकुमारी राजबंशी चयन भएका छन् । बिद्यालयमा अधिकांश आदिवासी बिद्यार्थीको पठनपाठन हुँदै आएको छ । 

यो वडा आदिवासीको बाहुल्य भएको वडा हो । आदिवासी प्रायः बिपन्न नै छन्, अध्यक्ष राजबंशीले भने ‘अन्य बिपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउदै आएको छ । कक्षा ११ र १२ पढ्न विद्यार्थी अर्कै बिद्यालय जानुपर्ने बाध्यता छ । अब बिद्यालयको चौतर्फी बिकास गर्दै कक्षा ११ र १२ को पठनपाठन पनि यहीँ गराउने बिषयमा लागि पर्नेछु ।’

विद्यार्थीको गुणस्तरीय पठनपाठन, टाढाबाट आउने विद्यार्थीलाई स्कुल बसको ब्यवस्थापनलगायत आन्तरिक ब्यवस्थापनमा आफु लागि पर्ने अध्यक्ष राजबंशीको भनाई छ । कोरोनाका कारण बार्सिक उत्सव हुन नसकेकाले आगामी माघ १५ गते बार्षिक उत्सबको तयारी गर्नेसमेत जानकारी दिए।