जलथल । 

लगभग ६१ सय हेक्टर क्षेत्रफलमा फैलिएको जलथल चारकोशे वनको जैविक विविधता संरक्षण गर्न बिद्यार्थीलाई पनि समावेश गरिने भएको छ  ।

बिद्यार्थीलाई समावेश गरी बिद्यालय स्तरीय इको क्लब गठन गरेर वन, वातावरणलाई संरक्षण गरिने बिषयमा आइतवार (आज)  एक कार्यक्रमको गरिएको जलथल फरेष्ट एक्सन नेपालका कर्मचारी टिकाराम वनले जानकारी दिएका छन्।

कार्यक्रममा बिद्यालयबाट शिक्षक प्रतिनिधि बोलाई इको क्लबको पृष्ठभुमि, उद्देश्य, लगायत बिषयमा छलफल तथा गठन गर्ने बारे अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा पञ्चायत माध्यमिक बिद्यालयबाट अभिषेक खतिवडा, महेन्द्र माध्यमिक बिद्यालयबाट गंगाराम खरेल, लक्ष्मी माध्यमिक बिद्यालयबाट बोधकृष्ण पौडेल, हल्दिबारी माध्यमिक, पथरिया माध्यमिक बिद्यालय, हिमाली माध्यमिक बिद्यालय, पशुपति माध्यमिक बिद्यालयका शिक्षक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको अभिषेक खतिवडाले जानकारी दिए ।