झिलझिले । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा पाँच दिने ‘वाटर किंगडम संस्कृति उत्थान महोत्सव २०७९’ हुने भएको छ । 

आगामी फागुन १ गतेदेखि शुरु हुने महोत्सवको अन्तिम दिन फागुन ५ गते साँझ पूर्वमै पहिलो पटक नेपालको चर्चीत सांगितिक समुह १९७४ एडी को लाइभ म्युजिक कार्यक्रम हुने भएको छ । 

आगामी फागुन १ गते उद्घाटन हुने महोत्सवमा दैनिक बिहान १० बजेदेखि साँझ ७ बजेसम्म महोत्सव हुने वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला (तीर्थराज) ले आज (आइतवार) वाटर किंगडम पार्कमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । महोत्सवमा प्रत्येक दिन अलग–अलग जातजातीका मौलिक परिकारहरुको फुड स्टल रहने, उक्त भेगमा रहेका आदिबासी र जनजातीहरुका मौलिक परिकारहरुको स्वाद लिन सकिने सञ्चालक संग्रौलालले बताए । 

महोत्सवभरी  पराम्परागत सामाग्रीहरु, भेषभूषा, कलाकौशल, पुरातात्विक महत्वका वस्तुहरु, भाषा तथा लिपिहरु, बाजागाजाहरु, हातहतियारलगायतको परिचयात्मक प्रदर्शनी गरिने जनाइएको छ । त्यस्तै प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्य साथै साँझ चर्चीत स्थानीय र राष्ट्रिय कलाकारहरुका साथमा सांगितिक कार्यक्रम हुने सञ्चालक स्रगौलालले जानकारी दिए । 

महोत्सवभर निःशुल्क प्रवेश शुल्क गरिएको साथै बिशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना सम्बन्धी कार्यक्रमहरु हुने वाटर किंगडम पार्ककी निर्देशक मेनुका सिटौला संग्रौलालले जानकारी दिइन् । त्यस्तै महोत्सव सम्पन्नपछि साँझ चर्चीत सांगितिक समुह १९७४ एडीको लाइभ म्युजिक कार्यक्रममा सहुलियत दरको प्रवेश शुल्क लिइने वाटर किंगडम पार्क सहायक ब्यवस्थापक समिर संग्रौलालले जानकारी दिए । 

विश्वब्यापीकरण तथा पाश्चात्य संस्कृतिको प्रभावले मासिदै गएको मौलिक संस्कृतिलाई जर्गेना गर्ने तथा आगामी पुस्तालाई त्यस वारे सुशिक्षित गराएर सांस्कृतिक मूल्य मान्यताहरुलाई जीवन्त बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ । 

भिडियो पनि