भद्रपुर ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको अध्यक्षमा राजु बराल र होमराज खतिवडा चयन भएका छन् । चार बर्षे कार्यकाल रहने इस्टुको पाँचौं अधिवेशनले अध्यक्षमा दुईजना अध्यक्ष सर्वसम्मत चयन गरेको हो । पहिलो दुई वर्ष खतिवडाको नेतृत्व र पछिल्लो  दुई वर्ष बराल अध्यक्ष रहने गरी समिति गठन भएको जनाइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा युवराज दाहाल, महिला उपाध्यक्षमा रमा ढुंगाना, उपाध्यक्षहरूमा क्रमशः घनश्याम अर्याल, टंक अधिकारी, विकास अधिकारी र लक्ष्मीशरण अधिकारी निर्विरोध चयन भएका छन् । सचिवमा द्रोण अधिकारी, रेवत खनाल र पदम गजुरेल, सहसचिवमा दीपक खड्का, सञ्जीव कार्की, दिपेन्द्र यादव र चन्द्रमणि खरेल, कोषध्यक्षमा लक्ष्मी सुवेदी र सह–कोषध्यक्षमा विदुर ढुंगाना चयन भएका छन् ।

त्यसैगरी सदस्यमा टंक न्यौपाने, निर्मला दुलाल, सरू कार्की, कमल न्यौपाने, शर्मिला प्रसाई, भानुप्रताप राजवंशी, मनिषा चेम्जोङ्ग, मुना कार्की, महेन्द्र सेढाई, किशोर गौतम, घनश्याम दाहाल र शिवनारायण बजगाई चयन भएका छन् ।