हल्दिबारी । 

मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खानेपानीमा  जलथल खानेपानी संस्थाले हेलचेक्राइ गरेको स्थानीयले गुनासो गरेका छन् । मानव स्वास्थ्यसग प्रत्यक्ष सम्बन्धित खानेपानीमा हेलचेक्राइ किन ?  हप्तौ भैसक्यो लेदो, पहेलो अनि कालो पानी, महशुल असुल्नेमात्र बाहाना नबनोस, जलथल खानेपानीको साथै सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न योगेश सुबेदी अनुरोध छ।

 त्यसैगरी अभिषेक खतिवडाको धारण यस्तो छ ‘जलथल खानेपानीमा देखेका आम समस्या समाधानका निम्ति खानेपानीमा हामी आफ्नै तहबाट एउटा समाधान गर्ने सकिन्छ कि जस्तो लाग्छ । खानेपानीले एउटा ‘मोबाइल टिम’ तयार गर्ने। त्यो टिम जहाँ नागरिकलाई आवश्यकता पर्छ समय अनुकुलता मिलाएर नागरिकको व्यक्तिगत समस्यामा सेवा दिन तयार रह्ने, त्यहीँ टिम सार्वजनिक स्थलमा आवश्यक परे निःशुल्क खटिने। नागरिक आफ्नो घरायसी काम वा निजि प्रयोजनका लागि बोलाए बापत तोकिएको शुल्क तिर्नु पर्ने, आयस्रोत नभएको र निम्न वर्गका नागरिकका लागि निःशुल्क खटिनु पर्ने ।

अनि अर्को उपाय खानेपानीसँग सम्बन्धित सबै सूचना, जानकारी, खानेपानीमा आएको अशुद्धता लगायत खानेपानी नआएको बेला बिषय बस्तु स्पष्ट खुलाएर आधिकारिक खानेपानीको फेसबुक एकाउन्ट पेजबाट आम नागरिकलाई जानकारी दिनुपर्छ। हल्दिबारी ३ का स्थानीय मानब मेचेले जलथल खानेपानीलाई संरक्षण भयो तर टाउकोमा टेक्न थाल्यो। ट्याङकीको पानी कति धमिलो छ। लाजको पछारो। खानेपानीको सवै कर्मचारी परिवर्तन गर्नु पर्छ।

यता खानेपानी जलथलले सूचना निकालेर जलथल खानेपानीको पेसर पम्प बिग्रीएको हुदाँ पेसर पम्प मर्मतका लागि पठाएको र  केही दिनका लागि खानेपानीमा धमिलोपन देखिएको फिल्टर गरी पानी उपभोग गर्नका लागि उपभोक्ताहरूलाई जानकारी गराएको छ ।