बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । वडा लाई बालमैत्री बनाउने उदेश्य अनुसार आज (बुधबार) एक कार्यक्रमका बिच वडा कार्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षमा १५ सदस्यीय समिति घोषणा गरिएको हो ।
समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रमका संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल बिकास संस्था, जनप्रतिनिधि, बिद्यालय प्रतिनिधि, बाल क्लब लगायतको उपस्थिति रहेको थियो ।
नव गठित वडा समितिको सदस्यमा तिला गौतम, सर्मिला त्रिखत्री, ओमनाथ गौतम, चेतन बिमली, प्रतिमा गौतम, शारदा शिवाकोटी, किरण पौडेल, दिबाङ्कर मैनाली, लक्ष्मण दाहाल, पुनम अधिकारी, संगम ओली, आसिका प्रसाई, सुब्रत न्यौपाने र सदस्य सचिवमा वडा सचिब हिमा पोख्रेल चयन भएका छन् ।
कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, वीर अमरसिंहका यदुनाथ अधिकारी, प्रबिण सिटौला, स्वास्थ प्रमुख प्रतिमा गौतम र बाल क्लब अध्यक्ष पुनम अधिकारीले बाल मैत्री वडा निर्माणमा आफ्नो सहभागी र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सोहीका बिच कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेलले वडा र ब्यक्तिगत रुपमा ३० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै कार्यक्रमका अध्यक्ष न्यौपानेले शिक्षा सहकारी बालबालिकाको लागि निरन्तर गतिविधि गर्दै आएकाले आफ्नो तर्फबाट कोषलाई ब्यवस्थित गर्न संस्थागत सहयोग गर्ने बताए ।