सुरुङ्गा । 

झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका कैदी बन्दीलाई कनकाई नगरपालिकाको   खेलकुद बिकास समितिले खेल सामग्री बितरण गरेको छ । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर कैदी बन्दीहरुलाई केही खेल सामाग्री वितरण गरेको नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए । 

झापा जिल्ला कारागारका लयप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको खेल सामाग्री वितरण कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई खेलकुद बिकास समितिका निबर्तमान संयोजक रबिन्द्र लम्साल, कनकाई नगर खेलकुद बिकास समितिका संयोजक जबिन तिम्सिना, सदस्यहरु राजु पाठक, यदुका उप्रेती (उषा), तुला बि.क. (वकिल), राम पाठक, बिजय पाठक, गंगाराम अधिकारी, डिल्ली काकी लगायतको उपस्थितिमा खेल सामाग्री वितरण गरिएको जनाइएको छ ।