चारआली । 

झापाको मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारआलीको त्रिदेव बहुमुखी क्याम्पसले १५ औं क्याम्पस सभा तथा छैटौ अधिवेशन गरेको छ । 

क्याम्पसले बुधवार (आज) क्याम्पस परिसरमा बिबिध कार्यक्रम गरी  १५ औं क्याम्पस सभा तथा छैटौ अधिवेशन गरेको हो ।  क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । 

क्याम्पस सञ्चालक समिति सदस्य भक्तबहादुर खेम्वाङले स्वागत गरेको उद्घाटन कार्यक्रममा पार्टीका प्रतिनिधिका तर्फबाट भोजराज पराजुली, वडाध्यक्ष मध्यबाट मधुसुदन निरौला, प्रधानाध्यापक संघ सभापति प्रकाश बास्तोलालगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा क्याम्पस प्रमुख माधव प्याकुरेलले क्याम्पसको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रमका बिच विभिन्न बर्षका संकायका परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा दाताराम यमुना स्मृति अक्षयकोषबाट बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको थियो । 

उक्त कार्यक्रममा क्याम्पसकी ब्यवस्थापन विभागीय प्रमुख सबित्रा दाहाल भट्टराई र गोपीकृष्ण भट्टराईले आफ्ना स्व. बाबुआमा गोमादेबी तथा मनप्रसाद भट्टराईको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 

कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेज खनाल र प्रध्यापक प्रतिनिधि गोपाल प्याकुरेलले गरेका थिए ।