बिर्तामोड । 

आर्थिक अभावका कारण उपचार हुन नसेका अति विपन्न एक ब्यक्तिको झापाको कन्काई हस्पिटलले निःशुल्क शल्यक्रिया गरि दिएको छ । 

जनमन गरेर जिविकोपार्जन गर्दै आएका झापा गाउँपालिका वडा नम्बर ७ का ३८ बर्षिय राजकुमार गणेशको कन्काई हस्पिटलले  निःशुल्क घुडा ट्युमरको  अप्रेशन गरेको हो । हस्पिटलले मंगलबार (आज) पत्रकार भेटघाट गरी गणेशको सहुलियतमा उपचार गरेको जानकारी दिएको हो । 

पुस १७ गते हस्पिटलमा भर्ना भएका गणेशको घुडा ट्युमरको शल्यक्रिया भइसकेको छ भने ६ हप्तापछि उनको शरिरको कुनै अंग काटेर घुडामा लगाएर हिडडुल गर्न सक्ने उपचारमा संलग्न अर्थोपेडिक्स सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए । 

kankai ph

विगत १८ महिनादेखि घुडाको ट्युमरबाट पीडित गणेशको समाजसेबी काजी राउतको संयोजकत्वमा ‘राजकुमार गणेश बचाउ अभियान’ सञ्चालन गरी करिव २ लाख रुपैयाँ आर्थिक संकलन गरी अस्पतालमा भर्ना गरिएको संयोजक राउतले जानकारी दिए । 

संयोजक राउतले कनकाई हस्पिटलले निःशुल्क शल्यक्रिया र औषधीमा सहुलियत दिएकोमा धन्यवाद दिए । अभियानका सदस्य सुभास डाँगी र सहयोगी तथा समाजसेवी टहलदास ओलीले हस्पिटलले १२/१५ लाख रुपैयाँ खर्च लाग्ने अप्रेशन न्यूनतम शुल्कमा गरिएको भन्दै उनीहरुले पनि अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए । 

हस्पिटलका प्रबन्ध निर्देशक युवराज डाँगी र सञ्चालक खेमराज बाँनियाले हस्पिटलले सामाजिक उत्तरदायित्व र मानवताका आधारमा उपचार सहुलियतमा गरेको जानकारी दिए । त्यस्तै बिरामीकी आमा सुबकला गणेशले छोराको उपचारमा संलग्न डा. शाहीको टिम, अभियान जोडिएका सम्पूर्ण र हस्पिटल परिवारलाई धन्यवाद दिएकी छिन् ।