लक्ष्मीपुर । 

झापाको कनकाई नगरपालिकामा निःशुल्क मुटुरोग बिशेषज्ञ शिविर सञ्चालन हुने भएको छ ।  कनकाई नगरको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा एकदिने निःशुल्क मुटुरोग बिशेषज्ञ शिविर सञ्चालन हुने भएको हो । 

कनकाई नगर अस्पताल सुरुङ्गामा भोली (मंगलबार) शिबिर सञ्चालन हुने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

शिविरमा मुटुरोग परिक्षण तथा उपचार, निःशुल्क ईजिसी तथा इको परिक्षणसहितको शिविर सञ्चालन हुने भएको छ । शिविर बिहान १०ः३० देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।