चन्द्रगढी ।
नीजि तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले दुई दिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम गरेको छ ।
प्याब्सना झापाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा झापाका १५ वटै पालिकाका निजी तथा आवसीय बिद्यालयका बिद्यार्थीले सहभागीता जनाएका छन् । आज आइतवार शुरु भएको जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम भोली सोमवार सम्पन्न हुनेछ ।
प्याब्सन झापाको ३२ औ दिवसका अवसरमा जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम गरिएको हो । प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
सांस्कृत कार्यक्रममा झापाका बिभिन्न पालिकाका बिद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।