बिर्तामोड । 

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभाको माइन्यूट लेखन तथा प्रमाणिकरण सम्पन्न गरेको छ । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको संस्थाले आइतवार (आज) बिर्तामोडमा २२ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण गरेको हो ।

संस्थाले गत मंसिर २१ गतेदेखि पुस १७ गतेसम्म सात स्थानमा इकाईगत साधारण सभा गरी छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणिकरण गरी साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत संस्थाका कोषाध्यक्ष एकराज बिष्टले गरेको कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवर, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जवेगु, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, राष्ट्रिय सहकारी वैंक बिर्तामोड प्रमुख विवेक डाँगीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए । 

 अध्यक्षको प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा सक्रिय शेयर सदस्य ४७ हजार ४ सय ५७ जना रहेको  संस्थाको शेयर पुँजी ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ छ ।  

karrranali

संस्थाको प्रतिवेदन अनुसार बचत मौज्यात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ, जगेडा कोष १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थामा स्थिर सम्पत्ति  १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको जनाइएको छ । यस आर्थिक बर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ ५२ पैसा नाफा गर्न सफल भएको अध्यक्ष प्रधानको प्रतिवेदनमा छ । 

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य गणेशप्रसाद पराजुली, गुञ्जन थापा, ऋण उपसमिति सदस्य गोबिन्दबिक्रम गिरी, कार्यकारी प्रमुख कुमार याक्सोलगायतको उपस्थिति रहेको थियो । संस्थाले झापा, इलाम र मोरङ गरी तीनवटा जिल्लामा हाल ३९ वटा सेवा केन्द्रबाट कार्य सम्पादन गर्दै आएको छ ।