बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा दियालो फर्मा सञ्चालनमा आएको छ । बिर्तामोडका युवा ब्यवसायी दिपेन्द्र पौडेल र याम बिष्टले फर्मा सञ्चालनमा ल्याएका हुन् ।
करिब एक करोड रुपैयाँको लगानीमा फर्मा सञ्चालनमा ल्याएको सहयोगी सुशिल दाहालले जानकारी दिए । फर्माको उद्घाटन आइतवार (आज) पूजा गरी गरिएको हो ।
नगद काउन्टरसहित सञ्चालन गरेको फर्मामा बिभिन्न कम्पनीका अति आवश्यक सम्पूर्ण औषधी उपलब्ध रहने जनाइएको छ । कार्यक्रममा औषधि ब्यवसायी तथा धौलागिरी पारिजात सहकारीका अध्यक्ष कृष्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।