सुरुङ्गा ।
चिसो बढेसँगै रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । शितलहरसँगै बढ्दै गएको चिसोमा थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यले रोटरी क्लव अफ सुरुङ्गाले सुइटर वितरण गरेको हो ।
झापाको क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि न्यानो कपडाका रुपमा स्विटर वितरण गरेको हो ।
विपन्न र सिमान्तकृत समुदायका वालवालिकाहरु अध्ययनरत ग्रामिण क्षेत्रको विद्यालयलाई लक्षित गरी क्लवले त्यहाँ रहेका ५५ वालवालिकालाई न्यानो कपडा वितरण गरेको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिएका छन् । न्यानो कपडाको संयोजन क्लवका पदाधिकारी साथै सदस्यहरुबाटै भएको बताइएको छ ।
सामाग्री वितरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष कुमारमणी पोखरेल, प्रेसिडेन्ट नोमिनि लुवराज उप्रेती, प्रथम उपाध्यक्ष डिल्लीराम मैनाली, कोषाध्यक्ष बमबहादुर कुँवर, सह–कोषाध्यक्ष रेणुका उप्रेती र सदस्य प्रमिला खरेलको उपस्थिति रहेको थियो । क्लवका इनकमीङ प्रेसिडेन्ट शिवकुमार कडेलले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव मेनुका उप्रेतीले गरेकी थिइन् ।