बिर्तामोड ।
साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सस्थम) बिराटनगरले बिद्यार्थीलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण प्रदान गरेको छ ।
सस्थमले बिबिए बिएचएमका प्रदेश नं. १ भरीका बिद्यार्थीलाई शुक्रवार (आज) बिर्तामोडमा अभिमूखीकरण दिएको हो । बिएचएमका एकसय र बिबिएका प्रदेश भरका ८० गरी जम्मा एकसय ८० जना बिद्यार्थीलाई अभिमूखीकरण प्रदान गरिएको सस्थमका टे«निङ प्यलेमेन्ट अफिसर कमल आचार्यले जानकारी दिए ।
अभिमूखिकरणको सहजीकरण संस्थमका बिबिएका को–अडिनेटर बिनय केसी, प्रयोगात्मक संयोजक रबी गणेश, बिएचएमका को–अडिनेटर शैलेन्द्र गणेशले गरेका थिए ।
बिद्यार्थीलाई उत्प्रेरणा शिक्षा, अनुशासन र शैक्षिक परामर्शका लागि तालिम प्रदान गरिएको जनाइएको छ । सस्थमका प्रिन्सिपल देबराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरणको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालले उद्घाटन गरेका थिए ।
स्वागत संस्थमका क्याम्पस मेनेजर महेश्वरप्रसाद सिंहले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश सस्थमका कार्यकारी निर्देशक रोशनबहादुर थापाले पारेका थिए । कार्यक्रममा आलोक कार्कीले आफ्नो अनुभव बिद्यार्थी माझ शेयर गरेका थिए भने उद्घाटन कार्यक्रमको सञ्चालन बिबिएका को–अडिनेटर बिनय केसी गरेका थिए ।