अर्जुनधारा । 

युनाइटेड युथ कल्ब बिर्तामोडले एक सय सात थान टाइबेल्ट विद्यार्थीहरुलार्इ प्रदान गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बाल गृह तथा जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ मा अध्ययनरत विद्यार्थीहरुलार्इ क्लबका  सल्लाहकार योगेश खजुमकि छोरी ओफेलिया खुजुम लिम्बुको जन्मोत्सवको अवसरमा बेलासी खर्च कटाएर १२ हजार बराबर रुपैयाँको टाइबेल्ट हस्तान्तरण गरेको हो ।

क्लबको बार्षिक कार्यक्रम अन्तरगत विभिन्न बिद्यालय, बालगृह, वृद्धआश्रम, असहाय समुदायलाई सहयोग गर्ने  कार्यक्रम रहेकोले सस्थाका सदस्यहरुको जन्मोत्सव एवम् अन्य कार्यक्रम यसरी नै मनाइदै आएको सल्लाहकार योगेश खजुमले बताए। 

कार्यक्रम कल्बका उपाध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष अम्बिका गुरुङले गरेकी थिए । प्रमुख अतिथि बन्दी सहायता नेपालका शाखा अध्यक्ष जगतबहादुर मगर क्लबकाअध्यक्ष रमेश शेर्मा सल्लाहकार प्रभाव थापा मगर, प्रधानाध्यापक रन्जित परियारले सराहनीय कार्य प्रति र सहयोगको लागि धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।