बिर्तामोड । 

झापा बिर्तामोड– ५ को श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ ।

 संस्थाले सोमवार (आज) बिर्तामोडमा सपथ ग्रहण तथा सम्मान कार्यक्रमको आयोजना गरी पदहस्तान्तरण गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक कृष्णप्रसाद मिश्रले नव निर्वाचित सञ्चालक समिति तथा लेखा समितिलाई सपथ ग्रहण गराएका थिए । 

संस्थाको ५ औं अधिवेशनबाट संस्थाको सञ्चालक समितिमा अध्यक्ष भिमप्रसाद राजवंशी, उपाध्यक्ष डिल्लीराम अधिकारी, सचिव भुपेन्द्र बस्नेत, कोषाध्यक्ष जीवन सुवेदी, सदस्यमा मिनादेबी मिश्र, सुरेन्द्रबहादुर बस्नेत, राजकुमार दाहाल, तेजप्रभा भण्डारी र सिखा सुब्वा निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा ज्ञानेन्द्रप्रसाद पोखरेल सदस्य उर्मिलादेबी सापकोटा र मनोजकुमार दास सर्वसम्मत निर्वाचित भएका हुन् । 

ram janaki

सोही कार्यक्रमकाबिच निर्वाचित नयाँ कार्यसमितिले निबर्तमान कार्य समितिलाई सम्मानसमेत गरेको थियो । निर्वाचन समिति संयोजक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा गरामनी कृषि सहकारीका अध्यक्ष ताराप्रसाद चापागाई, निवर्तमान अध्यक्ष दलबहादुर कार्की, पूर्व अध्यक्ष घनश्याम पौडललगायतले शुभकामना मन्तव्य राखेका थिए भने नव निर्वाचित अध्यक्ष राजवंशीले संस्थाप्रति प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य भलाकाजी कठेत र निवर्तमान सचिव तथा ब्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए । 

८ वटा सेवा केन्द्र रहेको संस्थामा ८ हजार ८ सय ९४ जना शेयर सदस्य तथा  शेयरपुँजी २ करोड ११ लाख ७ हजार ९०० रुपैयाँ रहेको संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए । उनका अनुसार संस्थाको बचत १९ करोड ३२ लाख ९३ हजार ८१४ रुपैयाँ १५ पैसा र ऋण लगानी २० करोड ९४ लाख ८० हजार ५७२ रुपैयाँ ५९ पैसा रहेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभा गत असोज १३ गते सम्पन्न भएको थियो ।