• रन्जित परियार 

अर्जुनधारा । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को भानु माध्यमिक बिद्यालयले ६३ औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न बिधामा पुरस्कार तथा छात्रबृत्ति वितरण गरेको छ । बिद्यालयले जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाइ शैक्षिकसत्र २०७८ को बार्षिक छात्रवृत्ति बितरण गरेको हो । 

धनमाया खनाल शिक्षा अक्षय कोषबाट कक्षा ८ का उत्कृष्ट विद्यार्थी  रोजनी र रोशनी राजवंशीलाई जनही ३ हजार ५ सय एक रुपैयाँ तथा देबी तुलसा शिक्षा अक्षयकोषबाट एसईई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु संरचना सिटौलालाई १०  हजार र अर्जुन बास्कोटा र आयुस आजाद रानालाई ५÷५ हजार रुपैयाँ प्रदान गरेको छ । 

त्यसैगरी पुरुषोतम शिक्षा अक्षयकोषबाट कक्षा ११ का उत्कृष्ट विद्यार्थी निरज बिष्टलाई १० हजार, लालबहादुर जसोदा स्मृतिकोषबाट कक्षा १२ का भीषण राई र आकृती धिमाललाई जनही ४ हजारको दरले छात्रवृत्ति बितरण गरेको हो ।

बिद्यालयले यस बर्षदेखि दुई बिधामा शिक्षकहरुलाई सम्मान गर्न शुरू गरेको छ । जसमा दीर्घकालीन शिक्षण गर्ने मनिषा अधिकारी र उत्कृष्ट शिक्षकतर्फ भरत बुढाथोकीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । 

कार्यक्रममा देवराज बुढाथोकी, लक्ष्मण खतिवडा र प्रमुख अतिथि अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुलीले बिद्यालय नगर कै नमूनाको रुपमा स्थापना गर्न र गुणस्तरीय शिक्षा तथा नैतिकवान सीपमुलुक विद्यार्थी उत्पादन गर्न जोड दिए । 

बिद्यालय ब्यवस्थापन समितिकि अध्यक्ष लक्ष्मीदेबी न्यौपाने (सरु) को अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपक दाहालले बिद्यालयको प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । स्वागत विद्यार्थी स्वस्तिका खड्काले गरेको कार्यक्रमको सहजीकरण शिक्षक देबिप्रसाद गौतम र पुन्य सुवेदीले गरेका थिए । कार्यक्रम गणेश खड्का, कुलप्रसाद खनाल पूर्व अध्यक्ष युवराज खड्का, शिअस अध्यक्ष मुखमेल धिमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिभावक तथा अक्षयकोष दाता, जनप्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, छिमेकी बिद्यालयका प्रअ, पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।