झापा ।
झापाको बाह्रदशी गाउँपालिका – ३ स्थित राजगढमा रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्दा धेरै उच्च रक्तचाप, मधुमेह, पेट, छाती र दमका विरामी धेरै रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक पदम राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार रक्तचाप,मधुमेह जस्ता रोगीको संख्या १ सय २९ जना रहेको बताइएको छ ।
त्यस्तै नाक, कान, घाँटी सम्वन्धी विरामीको संख्या ५७ जना र हाड जोर्नी तथा नसाका विरामीको संख्या ९५ जना पाइएको छ । उनीहरुलाई झण्डै एक लाख मूल्य बरावरको निःशुल्क औषधि समेत बितरण गरिएको छ ।
शिविरमा सहभागीलाई रगत परीक्षणमा र भिडियो एक्स – रे मा समेत २५/२५ प्रतिशत छुट दिइएको थियो । हरेक वर्ष ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक राजवंशीले आफ्नो जन्म दिनको अवसर पारेर त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्य शिविरको आयोजना गर्दै आएक छन् । यस वर्षपनि उनले आफ्नो जन्म दिनको अवसरमा शिविरको आयोजना गरेका थिए ।