अर्जुनधारा । 

कालिका बहुउद्देश्यीय सहकारी संस्थाले २० औ बार्षिक साधारणसभाको अवसरमा खाद्य उद्योग सञ्चालनमा ल्याएको छ ।उद्योगको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेब सिह गोम्देनले गरेका थिए । 

 शेयर सदस्यहरुमा शुद्ध खाद्यान्न पुर्याउने उद्देश्यले तोरी तेल, धान, मकै पिसानीका लागि शेलर मेसिन र चक्कीसमेत जडान गरि उद्योग संचालनमा ल्याएको हो ।  

सस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र र संचालन सचिब केदारनाथ पोखरेल गरेका थिए ।