बिर्तामोड । 

झापाको बिर्तामोड–२ को मोहनमाया माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवको अवसरमा शिक्षक तथा बिद्यार्थीलाई सम्मान गरेको छ । बिद्यालयले बिहीवार (आज) बिद्यालयको ५५ औं बार्षिकोत्सवका अवसरमा कक्षा १ देखि १२ सम्मबाट उत्कृष्ट शिक्षकका रुपमा बिद्यालयका शिक्षक रोहितकुमार गिरीलाई सम्मान गरेको हो । 

त्यसैगरी कक्षा १ देखि १० सम्मबाट शिक्षिकाहरु राधा गड्तौला, उषा संग्रौला र सुश्मा भट्टराईलाई सम्मान गरेको छ भने चन्द्र बिष्णु राउत स्मृति पुरस्कारबाट शिक्षिका ममता राजवंशी र प्रतिभा बराललाई सम्मान गरेको बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए । 

त्यस्तै बिद्यालयमा कक्षा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थी, एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, सावित्रा बस्नेत पुरस्कार र चन्द्र बिष्णु राउत स्मृति पुरस्कारलगायतबाट बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको जनाइएको छ । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यापक बिन्दु श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार बिकलगायतको उपस्थिति रहेको थियो । बार्षिकोत्सबका अवसरमा बिभिन्न सांस्कृति कार्यक्रमसमेत गरिएको थियो । 

स्वागत शिक्षिका अनिता कार्की बस्नेतले गरेको कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए । 

rohit giri