• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा हल्दिबारीम एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चाललन भएको छ ।

हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाले बुधवार (आज) गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ८४ जनाले सेवा लिएको जनाइएको छ । जसमा १ सय ७२ महिला र १ सय १२ जना पुरूष रहेका छन् । 

शिविरमा मुटु रोग विशेषज्ञबाट २२ जनाले, महिला रोग बिशेषज्ञबाट १२ जनाले, हाडजोर्नी बिशेषज्ञबाट ९१ जनाले, इएनटि  बिशेषज्ञबाट ३६ जनाले, बाल रोग बिशेषज्ञबाट २४ जनाले, फिजिशियन सेवा, महिलाहरुको पाठेघरको क्यानसर परिक्षण सेवा र प्रयोगशालासहित निःशुल्क औषधी वितरण, इसिजि सेवा प्रदान गरिएको थियो । 

हल्दिबारी आधारभुत अस्पतालमा आधारभुत स्वास्थ्य सेवा, फार्मेसी सेवा, स्वास्थ्य बिमा सेवा, प्रयोगशाला, इसीजीलगायतको सेवा नियमित रूपमा सञ्चालन हुने छ ।