- सुदिप गिरी
हल्दीबारी ।
आम सर्वसाधारणका लागि हल्दीबारी गाउँपालिकाको आयोजना तथा बीएण्डसी अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आगामी पौष १३ गते बुधबारको स्वास्थ्य शिविर हल्दीबारी गाउँपालिकाको कार्यालय परिसरमा रहेको हल्दीबारी आधारभुत अस्पतालमा सञ्चालन हुने स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
उनका अनुसार शिबिरमा फिजिसियन सेवा, मुटुरोग विशेषज्ञ सेवा, महिला तथा स्त्री रोग विशेषज्ञ सेवा, नाक कान घाँटी विशेषज्ञ सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, इसीजीलगायतका सेवा प्रदान गरिने छ। साथै स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र माक्स अनिवार्य रूपले लगाउनु पर्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए ।