सुरुङ्गा । 

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले किनिकसहितको बार्षिक साधारणसभा गरेको छ । 

संस्थाले सोमवार (आज) जामुनबारी पर्यटकीय स्थलमा पिकनिकसहितको १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश) को अध्यक्षतामा भएको कार्यक्रममा सतासी बहुमुखी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । 

संस्थाले १० औं बार्षिक साधारणसभाका अवसरमा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा ब्यवस्थापक पर्वतराज चिमरियालाई सम्मान गरेको छ । त्यस्तै बर्ष उत्कृष्ट सञ्चालक समितिको तर्फबाट सञ्चालक समिति सदस्य नरेन्द्र न्यौपाने खत्री, बजार प्रतिनिधि बिक्रम निरौला, बाल बचतकर्ता रिवाज वाग्ले, भेषराज रिजाल, मासिक बचतकर्ता देबकुमारी चौधरी, अनिवार्य ५ बर्षे बचतकर्ता तुलसा खनाल, पेन्सन बचतकर्ता रामचन्द्र सापकोटा, जानकीप्रसाद भट्टराई, आबद्ध बिशेष बचतकर्ता कल्पना खनाल, बिमल श्रेष्ठ, साधारण बचतकर्ता तुलसीराम खनाल, आवधिक कर्ता गणेश उर्मकार, महमद अरमान, ब्यक्तिगत तर्फ दबीमाया सुनुवारलाई सम्मान गरेको छ । 

aawadha chi

स्वागत संस्थाका सञ्चालक समिति सदस्य खड्ग बिष्टले गरेको कार्यक्रममा नेपाल अलैंची ब्यवसायी महासंघ अध्यक्ष निर्मल भट्टराई, न्युटन एजेकेशन फाउण्डेशनका पिन्सिपल दशरथ हुमागाई (देवेन्द्र), महिला उद्यमशील संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले गरेका थिए । 

कार्यक्रममा लेखा समितिको प्रतिवेदन संस्थाका सचिव खगेन्द्र कुँवरले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा २ हजार ९४ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड ५४ लाख ७० हजार ४०० रुपैयाँ रहेको छ । 

त्यस्तै जगेढा कोष १ करोड ५ लाख ८१ हजार ३७७, योगदानमा आधारित अन्य कोषहरु १ करोड ३९ लाख ९६ हजार ३१०, कुल कोष ३ करोड ३० लाख ७१ हजार २७०, बचतमा रहेको रकम १० करोड ४९ लाख ८९ हजार ८१५, ऋण लगानी २० करोड ६८ लाख ७१ हजार ३५९ रुपैयाँ रहेको छ । करपछिको खुद नाफा ९८ लाख ४९ हजार ५३१ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।