बिर्तामोड ।

राउण्ड टेबल नेपालको ‘शिक्षा मार्फत स्वतन्त्रता’ कार्यक्रम अन्तर्गत बिर्तामोड राउण्ड टेबल–२७ (बिआरटी) ले झापाको बिर्तामोड–१० को एक बिद्यालयलाई भवन, शौचालय, खानेपानीलगायत निर्माण गरी हस्तान्तरण गरेको छ ।

बिर्तामोड राउण्ड टेवल–२७ ले चमरधाप प्राथमिक विद्यालयमा २५ लाख रुपैयाँको बिबिध बिद्यालय सुधार कार्य गर्दै शनिवार (आज) एक कार्यक्रम गरी उद्घाटनपछि बिद्यालयलाई हस्तान्तरण गरेको हो ।

बिआरटीले सो बिद्यालयमा एकतले पक्की भवन, छात्र तथा छात्राको लागि छुट्टाछुट्टै शौचालय, खानेपानी फिल्टर तथा धाराको निर्माण, विद्यालय परिसरको भित्ता तथा प्रवेशद्वार निर्माण, बाल कक्षा कोठा सुधार कार्यक्रम गरी बिद्यालयलाई प्रदान गरेको छ ।

raund t1

राउन्ड टेबल इन्टरनेश्नल अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेबल नेपाल अध्यक्ष राहुल अग्रवाल, नेपाल उपाध्यक्ष नितेश अग्रवाल, सचिव दिवस सुबेदी, कोषाध्यक्ष साकेत मुरारका, नेशनल एडिटर निकिल बंजेल, बिआरटी–२७ अध्यक्ष अमित अग्रवाल, उपाध्यक्ष निरज चौधरी, सचिब मनोज गोयल, कोषाध्यक्ष बिकास अग्रवाललगायतले बिद्यालयलाई बिद्यालय सुधार गरी हस्तान्तरण गरेका थिए ।

बिआरटी–२७ ले चरमधाम आबिको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रिमानध्वज लोक्तामलाई निर्माणपछि हस्तान्तरण गरेका हुन् । कार्यक्रमको सञ्चालन बिआरटी–२७ का सदस्य दीपक मित्तलले गरेका थिए । कक्षा–३ सम्म अध्यापन हुने उक्त बिद्यालयमा २ शिक्षक र १ जना कर्मचारीको दरबन्दी रहेको तथा ९१ जना बिद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक देबीप्रसाद पोखरेलले जानकारी दिए ।