भद्रपुर । 

आगामी माघ ७ गते सम्पन्न हुने संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको अधिवेशनका लागि भद्रपुर नगर समितिले अध्यक्षका लागि राजु बराललाई अगाडि सारेको छ । 

 नेतृत्वका लागि भद्रपुरका कुशल संगठक राजु वराललाई अध्यक्ष तथा भद्रपुर नगर अध्यक्ष द्रोण अधिकारीलाई जिल्ला सचिव पदका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

वर्तमान जिल्ला अध्यक्ष होमराज खतिवडाको टिमले दुई कार्यकाल कुशलता पूर्वक नेतृत्व गर्दै झापा जिल्लामा कार्यरत शिक्षक कर्मचारीको अधिकारको आन्दोलनमा अतुलनीय योगदान दिएको ठहरसहित आभार प्रकट गर्दै नगर समितिले अबको नेतृत्व भद्रपुरले गर्ने समेत घोषणा गरेको हो ।

भद्रपुर इस्टुले जिल्ला अध्यक्षको लागि सिफारिस गरेका बराल इस्टु झापामा २०६२ देखि सकृय छन भने हाल प्रदेश कमिटी सह–सचिवको जिम्मेवारीमा रहेका छन् । 

अग्रजले  देखाएको मार्गमा वर्तमान परिस्थितिको सामना गर्न झापाका लागि भद्रपुर इस्टु तयार रहेको प्रष्ट पार्दै बैठकले सम्पूर्ण झापाली संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई एकताबद्ध भएर नेतृत्व छनौटमा सहभागिताका लागि आव्हान समेत गरेको छ ।