झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचन आगामी पुस ८ गते नै हुने टुङ्गो भएको छ । साधारणसभा र निर्वाचनको विषयमा कानूनी सल्लाहकार तथा संघलाई छाता संस्था मान्ने राजनीतिक, जातीय तथा भेगीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलले पुस ८ गते नै साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गर्नु टुङ्गो लागेको हो ।
पुस ८ गते नै सभा र निर्वाचन गर्नु पर्ने कानूनी बाध्यता रहेको निष्कर्ष निकाल्दै संघको कार्यक्रम नसर्ने भएको संघले जनाएको छ ।
संघले निर्वाचनको तयारी गरिरहेको बेला प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले निर्वाचनको एक हप्ता अघिसम्म पनि मतदाता नामावली सार्वजनिक नभएको भन्दै साधारण सभा र निर्वाचन सार्नुपर्ने माग गरेको थियो ।