काँकरभिट्टा । 

विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालय र भारतको आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता भएको छ । मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयाल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एनसी तालुकदारले विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा मनमोहनका डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउनका भिसी तालुकदार, प्रो.भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सहभागिता रहेको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेका डा।फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएका छन् ।

सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ । यसअघि पनि युनिभर्सिटीले १ सय जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति दिएको थियो ।