• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दिबारी गाउँपालिका क्षेत्रभित्र तीस वटा भन्दा वढी सहकारी संस्था रहेको पाइएको छ । हल्दीबारी गाउँपालिका सहकारी शाखाले दिएको तथ्यांक अनुसार गाउँपालिकामा दर्ता भएका सहकारीको संख्या २१ रहेको छ भने प्रदेश तथा डिभिजन कार्यालयबाट दर्ता भएका सहकारी संस्थाको संख्या नौ वटा भन्दा बढी रहेको छ । 

जसमध्ये महिला सहकारी संस्था तीनवटा, कृषि सहकारी संस्था ११ वटा, बहुउद्देश्यीय सहकारी संस्था ७ वटा रहेका छन् । करिब ३२ हजार जनसंख्या रहेको हल्दीबारी गाउँपालिकामा बचतकर्ताको संख्या करिब २० हजार ५०० जना रहेको छ भने जम्मा शेयर सदस्य संख्या करिब १९ हजार जना रहेका छन् । 

रोचक कुरा त के छ भने हल्दिबारी गाउँ पालिकाले सहकारी शाखा मार्फत कार्यक्रम गर्नका निमित्त चालू आ। व।को बजेट पुस्तिकामा समेत बजेट ब्यवस्था गरेको छैन । सहकारी संस्थाहरूले पनि मासिक आर्थिक विवरण पेश नगर्ने गरेको गाउँपालिका शाखा प्रमुख कबिता कर्णले जानकारी दिइन् । 

पछिल्लो समय सहकारी बिज्ञ कर्मचारीको अभावले गर्दा सहकारी संस्थाहरूको प्रभावकारी अनुगमन र नियमन हुननसक्दा सहकारीहरू विनियम अनुसार चलेका छैनन् । यहीँ अवस्था केही समय रहने हो भने हल्दिबारीका सहकारी जोखिम पर्ने देखिन्छ ।

हल्दिबारीमा भएका सहकारी संस्थाको विवरण : 

sahakari haldibari