बिर्तामोड । 

नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन (नेल्टा) ले आयोजना गरेको दुई दिने ‘महिला अंग्रेजी  शिक्षक सम्मेलन २०२२’ सफलता पूर्वक सम्पन्न भएको जनाइएको छ । 

नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा प्रेरणा, नेतृत्व र प्राविधिक शिक्षण मार्फत महिला अंग्रेजी शिक्षकहरुलाई सशक्तिकरण गर्ने उदेश्यले सञ्चालन गरेको सम्मेलन सफलता पूर्वक सम्पन्न गरेको नेल्टा झापाले जनाएको हो । 

नेल्टा झापाले आइतवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी सम्मेलनमा तीन सय ७० जना महिला अंग्रेजी शिक्षकहरुको सहभागीता रहेको जानकारी दिएको हो । 

सम्मेलनमा झापाका १५ वटै स्थानीय तहका सामाुदायिक, निजि तथा अंग्रेजी बिषय पढाइरहेका तीनसय ७० जना महिला अंग्रेजी शिक्षिकाको सहभागीता रहेको नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा) ले बताए । उनले शैक्षिक योग्यता मात्र नभएर नयाँ शिक्षण प्रबिधिको प्रयोगका माध्यमबाट गुणस्तरीय शिक्षण गराउने उदेश्यका साथ नेल्टाले सम्मेलन गराएको बताए ।  

सम्मेलनले नयाँ कार्य गर्ने हौसला मिलेकाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली बताएका छन् । पत्रकार भेटघाटमा नेल्टा झापाका सचिब टीका सुवेदी, कोषाध्यक्ष वत्सल भट्टराई, सदस्य प्रकाश पराजुलीकोसमेत उपस्थिति रहेको थियो ।  नेल्टाले गत शुक्रवार र शनिवार बिर्तामोडमा २ दिने ‘महिला अंग्रेजी  शिक्षक सम्मेलन २०२२’ को आयोजना गरेको थियो ।

सम्मेलनमा नेल्टाकी अध्यक्ष प्रो.मोतिकला सुब्वा देवान, नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्ट र युएसका दुईजना बिज्ञहरुले सहजीकरण गरेका थिए । 

nelta 2