बिर्तामोड ।
झापाको बिर्तामोड २ चारपानेको मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहाुर श्रेष्ठले स्थानीय सरकार बाट प्राप्त भएको मासिक भत्ता बापतको रकम बिद्यालयमा रहेको बाल क्लबलाई प्रदान गरेका छन् ।
श्रेष्ठले जन्मदिनको अवसर पारेर मासिक भत्ता बापतको रकम बाल क्लबलाई सहयोग गरेको फोकल पर्सन ममता राजबंशीले जानकारी दिइन् । वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख भएको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले कार्यक्रम बारे प्रष्ट पारेका थिए ।
वडाध्यक्ष पौडेलले बालबालिकाका लागि गरिने लगानी सयौं पुस्तालाई हुने र यो देशको भबिस्य निर्माणमा महत्त्वपूर्ण योगदान हुने भएकाले बालबालिकामा लगानी गर्न आग्रह गरे । उनले सो क्लबलाई संचालनका लागि ५ हजार सहयोग गरेका गर्दै आगामी बर्षबाट बार्षिक १० हजार वडाबाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै ब्याज बितरण गरेका थिए ।
कार्यक्रममा वडा सदस्य ओम नाथ गौतम, एकता स्पोर्टिङ क्लबका सचिब लक्ष्मीप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । बाल क्लब अध्यक्ष पुनम अधिकारीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन फोकल पर्सन राजबंशीले गरेकी थिइन् ।