लक्ष्मीपुर । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभा अन्तरगत लक्ष्मीपुरमा एकाई साधारणसभा सम्पन्न गरेको छ । झापाको लक्ष्मीपुरमा आइतवार (आज) लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर र राजगढ सेवा केन्द्रको संयुक्त एकाई साधारणसभा सम्पन्न गरेको हो । 

साकोसका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाको अध्यक्षतामा भएको एकाई साधारणसभामा कनकाई –८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत लक्ष्मीपुर सेवा केन्द्र उपसमिति संयोजक केदार सम्शेर गिरीले गरेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन साकोसका सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद आचार्यले प्रस्तुत गरेका थिए । 

त्यस्तै साकोसका सञ्चालक समिति सदस्य भोला धितालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक उपेन्द्रप्रसाद ओलीले प्रस्तुत गरेका थिए । संस्थाका निर्देशक लक्ष्मण खतिवडाले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ७९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको बताए । कार्यक्रममा संस्थाको बस्तु तथा सेवाको बिषयमा बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले प्रष्ट पारेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाको राजगढ सेवा केन्द्र सहयोग उप–समिति सदस्य लोचन गुरागाईले गरेका थिए । सोही कार्यक्रमकाबिच संस्थाका सदस्य बाह्दशी–५ का स्व. तुलसीप्रसाद अधिकारीको श्रीमती उमादेबी अधिकारीलाई २ लाख रुपैयाँको परिवार राहत वितरण गरिएको थियो । उनलाई प्रमुख अतिथि वडाध्यक्ष कटुवालले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

आचार्यले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ असार मसान्त सम्ममा संस्थाको कुलपुँजी तथा दायित्व १५ अर्व ३८ करोड ६६ लाख २३ हजार ९७५, शेयरपुँजी १ अर्व ६३ करोड १६ लाख १६ हजार, निक्षेप ९ अर्व ८५ करोड ३६ लाख ९५ हजार ६०१, ऋण लगानी १३ अर्व ३ लाख ९९ हजार २२७, बाह्य ऋण १ अर्व ७२ करोड १२ लाख ६६ हजार ६४६ रहेको छ । त्यसैगरी आम्दानी २ अर्व ५ करोड ४२ लाख ५९ लाख ७१ रुपैयाँ गरेको छ भने खर्च १ अर्व ५५ करोड ६४ लाख ९९ हजार ४५ रुपैयाँ गरी नाफा ४९ करोड ७७ लाख ६० हजार २६ रुपैयाँ गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाको २६ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण आगामी पुस ९ गते हुनेछ । 

sahara k