• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समितिको पारिजात क्षेत्रको ओभरहेड ट्याङ्की निर्माणको बुधबार(आज) शिलान्यास भएको छ । 

संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय प्रदेश १ को आर्थिक सहयोग १ करोड ३९ लाख ४५ हजार ४२१ रुपैयाँ लागत इस्टिमेट रहेको उक्त खानेपानी ओभर हेडट्याङ्कीको प्रतिनिधि सभाका झापा क्षेत्र नं. १ का सांसद विश्व प्रकाश शर्माले शिलान्यास गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका शर्माका साथै प्रदेश सांसद गोपाल तामाङ, संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय प्रदेश १ का प्रमुख चोकप्रसाद धिताल र भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहालले शुभकामना मन्तब्य राखेका थिए । 

चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समितिका अध्यक्ष चुडामणि मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सस्थाका उपाध्यक्ष गोपाल कार्की र सञ्चालन सचिव दुर्योधन कार्कीले गरेका थिए । ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको निर्माण सम्पन्न भएपछि भद्रपुर ९ का थप उपभोक्ताहरुलार्इ खानेपानीको सहज आपूर्तिमा सहयोग पुग्ने सस्थाका अध्यक्ष  मैनालीले बताए।