• सुदीप गिरी

हल्दिबारी । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारी–३ स्थित ढडुवा चोकमा सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।

आगामी मंसिर २४ गते शनिवारदेखि  ढडुवा चोकमा सेवा केन्द्र सञ्चालन हुने भएको हो। संस्थाको सञ्चालन उप–समितिको बैठकले बुधबार (आज) सेवा केन्द्र सञ्चालका लागि सर्वसम्मत निर्णय गरेको हो।

सेवाकेन्द्र ढडुवाको सञ्चालन स्वकृति पत्र सहकारी बिभाग १ नं. प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट भईसकेको जनाइएको छ । गत मंसिर १७ गतेको विस्तारित बैठकको निणर्य अनुसार ढडुवा सेवा केन्द्र सञ्चालन गर्न लागिएको ढडुवा सेवा केन्द्र उप–समिति संयोजक पदमबहादुर वनले बताएका छन् ।