बिर्तामोड ।
विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले १३ औं बार्षिक साधारण सभाको अवसर पारेर सोमवार (आज) एक जना पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।
बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले १३ औं बार्षिक साधारण सभाको अवसरमा एभिन्युज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्युजका सम्पादक युवा पत्रकार सन्तोष न्यौपानेलाई सम्मान तथा नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा नियमित बचतकर्ताको रुपमा श्रवणकुमार नायक, उत्कृष्ट उद्यमीका रुपमा आशा खतिवडा, उत्कृष्ट बालबचतकर्ताको रुपमा सोफिया उप्रेती, उत्कृष्ट कर्मचारीका रुपमा मुना खड्का र भुमिका घिमिरेलाई सम्मान गरेको छ । त्यस्तै नरमाया खरेल स्मृति पुरस्कारबाट कक्षा–४ मा अध्ययनरत विनोद किस्कु र कक्षा–६ मा अध्ययनरत दिपिका राजवंशीलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष यादबप्रसाद ओलीले गरेको कार्यक्रममा प्रमुख अतिथि खनाल, बिर्तामोड नगर सहकारी बिभागका अधिकृत डिल्ली दाहाल, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, राष्ट्रिय सहकारी बैंकमा विवेक डाँगीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।
सोही कार्यक्रमकाबिच संस्थाले मोबाइल बैकिङ सेवा सार्वजनिक गरेको थियो । प्रथम आइटी सिस्टम प्रालिका सिइओ लोकप्रिय खनालले मोवाइल बैकिङ सेवा र प्रबिधिका बिषयमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ असार मसान्तसम्म शेयरपुँजी १ करोड २२ लाख ३७ हजार ४०० रुपैयाँ र शेयर सदस्य १ हजार ५५० जना रहेका छन् । त्यस्तै कर्जा लगानी ३ करोड ७२ लाख १६ हजार ५३२ रुपैयाँ २२ पैसा, कुल कारोवार ४ करोड ५८ लाख १८ हजार ८३ रुपैयाँ ३२ पैसा रहेको छ भने खुद नाफा ६ लाख ९४ हजार १४४ रुपैयाँ २५ पैसार रहेको छ । संस्थाले बिर्तामोडमा बिराट–अर्जुन सहकारी पसलसम्म सञ्चालन गरेको छ ।