• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका क्षेत्र भित्र रहेका सबै सामुदायिक बिद्यालयहरूमा सूचना अधिकारी तोकिएको छ । हल्दिबारीमा हाल १७ वटा सामुदायिक बिद्यालय सञ्चालनमा रहेका छन् । नागरिकले पाउने सूचनाको अधिकारका लागि गाउँपालिकाको निर्देशन अनुसार बिद्यालयहरुले सूचना अधिकृत तोकेको हो । 

सूचनाको हकको कार्यान्वयनका लागि ऐन बमोजिम नियुक्त हुने प्रशासकीय नेतृत्व भन्दा दोस्रो वा तेस्रो मुनिकोअधिकारी नै सूचना अधिकारी हो । सूचनाको हक सम्बन्धी ऐनको दफा २ (च) र दफा ६ मा सूचना अधिकारी सम्बन्धी व्यवस्था गरिएको छ ।

कुनैपनि सार्वजनिक निकायमा रहेका सूचना, जानकारी, तथ्याङ्क, लिखितको प्रतिलिपि नागरिकले माग गर्न र प्राप्त गर्न सक्ने प्रत्याभूति नै सूचनाको अधिकार हो ।

सामान्यतया, सार्वजनिक निकायहरुको काम काजको बारेमा नागरिकले जान्न पाउने अधिकार सूचनाको हक भित्र पर्दछ । सूचनाको हक भित्र सूचना माग्ने र पाउने अधिकार मात्र होइन, सार्वजनिक निकायमा रहेको कुनै लिखत सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामग्रीको प्रमाणित नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकारलाई समेत जनाउंछ भनी ऐनमा उल्लेख गरिएको छ ।

हल्दिबारी गाउँपालिकाले २०७७ चैत १२ र पुनः २०७९ असार १० गते गाउँपालिका क्षेत्र भित्र रहेका सबै सार्वजनिक निकायहरूलाई सूचना अधिकारी तोक्न पत्रचार गरेको थियो । सोहि अनुसार हल्दिबारी गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरूले सूचना अधिकृत तोक्ने कार्य सम्पन्न गरेका छन् । 

यस्तो छ तोकिएका सूचना अधिकारीको विवरण : 

haldibari school