चारपाने ।
लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले झापा बिर्तामोड–२ स्थित चैतुवारीको पञ्चरत्न माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिबिध सामाजिक कार्यमा सहभागीता जनाउँदै आएको लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले बिद्यालयका कक्षा ७ देखि १० सम्मका एकसय २० जना बिद्यार्थीलाई ५ वटाका दरले कापी बितरण गरेको हो ।
स्मार्ट लेडीले बुधवार (आज) बिद्यालयमै एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री तथा बाल क्लबलाई ५ हजार एकसय रुपैयाँ समेत आर्थिक सहयोग गरेको छ ।
लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गिरीले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उदेश्यले बिर्तामोड स्मार्ट लेडीले शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिइन् । अध्यक्ष गिरीले केही दिनपछि अर्को बिद्यालयका बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गर्ने बताएकी छिन् ।
स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहाल, संस्थाका एरिया चिफ सत्यनारायण शर्मा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओली, युवा सरोज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिद्यालयका सल्लाहकार समितिका संयोजक धर्म लक्सम्बा, चाटर्स पे्रसिडेन्ट लीलादेबी मैनालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव संगीता गिरीले गरेकी थिइन् ।