अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले शनिश्चरे अस्पताललाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नगरको स्वास्थ्य शाखा अन्तरगत सोमवार (आज) अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङ र नगर उपप्रमुख खड्गमाया पराजुलीले उपकरण र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 

नगर प्रमुख गोम्देनसहितको टोलीले बिभिन्न मन्त्रालय र विभागबाट ल्याएको करिब ५० लाख रुपैयाँ बराबरको उपकरण र स्वास्थ्य सामाग्री .अस्पताललाई प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । 

नगरले भिडियो एक्सरे मेशिन, ओक्शिजन सिलेण्डर ५० लिटर, विपि सेट साथै स्टेटहेसकोप, पेटेन्ट मोनिटर, ओक्शिजन काउन्सीलेटर १० लिटरको,  आइसलाइण्ड रेफ्रीजेरेटर साथै स्टेभलाइजर, पल्स अक्सिमिटर, अक्सिजन रेगुलेटरलगायतका विविध उपकरण र सामाग्री प्रदान गरेको हो । 

नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा पूर्व सांसद शेरबहादुर इङनामको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपप्रमुख पराजुली, १ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेत, ३ नम्बर वडाध्यक्ष सिताराम भट्टराई, ७ नम्बर वडाध्यक्ष गोबिन्द खतिवडा, ९ नम्बर वडाध्यक्ष भिष्म मिश्र, ११ नम्बर वडाध्यक्ष खगेन्द्र इङनामलगायतको उपस्थिति रहेको थियो । स्वागत डा. आशिष पौडेलले गरेको कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले गरेका थिए । 

health