बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाले शनिवार (आज) बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ नागरिक सदस्य महमद गुलाव नवीको प्रमुख आतिथ्य रहेको थियो । 

बार्षिक साधारणसभाका अवसरमा संस्थाले ४८ जना ब्यक्ति र तीनवटा सेवा केन्द्रलाई सम्मान गरेको छ । संस्थाले १५ जना बजार प्रतिनिधि, ८ जना आन्तरिक कर्मचारी, ४ जना पारिवारिक बचतकर्ता, ४ जना असल ऋणि, ४ जना उत्कृष्ट बचतकर्ता, ४ जना बाल बचतकर्ता,  ३ जना उत्कृष्ट खरिदकर्ता र तीनवटा सेवा केन्द्रलाई सम्मान गरेको छ । त्यसैगरी धितो प्रदान गर्ने झरेन्द्र उप्रेती, निरा उप्रेती, दीपक सिलवाल र डिल्लीमाया आचार्यसहित सञ्चारकर्मी लीलाराज झापाली र रेजिना गौतमलाई सम्मान गरेको हो । 

संस्थाका अध्यक्ष बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा ४१ हजार ३९० जना शेयर सदस्य रहेको साथैं १६ करोड ६ लाख ७७ हजार २१८ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै सदस्यहरुको बचत (निक्षेर्प हिसाव ६४ करोड ८२ लाख ४ हजार २७३ रुपैयाँ ४ पैसा, सदस्यहरुलाई ऋण लगानी ८३ करोड ६० हजार ३ रुपैयाँ ५ पैसा रहेको छ भने यस आवमा संस्थाले २ करोड ४९ लाख ३२ हजार २०३ रुपैयाँ ४२ पैसा नाफा गर्न सफल भएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

स्वागत संस्थाका सञ्चालक समिति सदस्य गोपाल प्रसाईले गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि कमल खनालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिब मनोज भट्टराईले गरेका थिए ।