सुरुङ्गा । 

झापा क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार ५ हजार ९८५ नेकपा एमालेका लाप्रसाद साँवा लिम्बु अगाडि रहेका छन् । साँवाले २६ हजार ७१० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका तर्फका नेपाली कांग्रेसका देउकुमार थेबेले २० हजार ७२५ मत प्राप्त गरेका छन् । 

शुरुमा अग्रता कायम गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भूप्रसाद ढकाल तेस्रो स्थानमा पुगेको छ । उनले १२ हजार ६०१ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेकी क्रस खुकुरी चुनाब चिन्हकी स्वतन्त्र उम्मेद्वार खुश्बू ओलीले ४ हजार ४६४ मत प्राप्त गरेकी छिन् ।

पछिल्लो मतगणना अनुसार जम्मा ७२ हजार ३९५ मत गणना हुँदा ४ हजार ४६४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा ४ मा १ लाख २३ हजार १२४ मतदाता मध्ये ७९३४९ मत खसेको जनाइएको छ ।