अर्जुनधारा । 

नेपाल मगर विद्यार्थी संघ झापाले बिद्यालय तथा बालगृहका बालबालिकालाई स्टेशनरी बितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का एक सय १० जना विद्यार्थीलाई स्टेशनरी बितरण गरेको हो ।

२०७९ सालको तिहारमा मगर सस्कृती जोगाउदै देउसी खेलिएको र त्यसबाट संकलन रकमले हामी पनि विद्यार्थी र विद्यार्थी मै खर्च गर्ने निर्णय अनुसार इन्दिरा रानाले कारागार रहेको अभिभावकसँग आस्रित बालबालिका र अति बिपन्न बालबालिकाहरुलाइ स्टेशनरी बितरण गरेको सल्लाहकार प्रभास थापाले बताए । 

नेपाल मगर विद्यार्थी संघ झापाका अध्यक्ष मुना रानाको अध्यक्षता र नेपाल मगर संघ जिल्ला अध्यक्ष तथा बिद्यालय सस्थापक जगतबहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रधानाध्यापक रन्जित परियार, संघका भाषिक सल्लाहकार नसिल सोरालीले सराहनीय कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमको सहजीकरण सचिव मेनुका गुर्मछान मगरले गरेकी थिइन् ।