झापा । 

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडका कक्षा ११ का विद्यार्थी निर्वाचन प्रक्रियाबाट कप्तान तथा उपकप्तानमा छनौट भएका छन् । लोकतान्त्रिक विधि, उच्च प्रतिस्पर्धा, मतदान शिक्षा, मत परिणाम जस्ता बारेमा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान दिनका लागि विद्यार्थीलाई चुनावी माहोलमा अव्यवस्थ गराएको हो। कलेजका शिक्षक नितेश साह मुख्य  निर्वाचन अधिकृत भएर गरिएको निर्वाचनमा कप्तानतर्फ ८ जना र उपकप्तानतर्फ ६ जनाले भाग लिएका थिए ।

कुल १४८ मत खसेकोमा कप्तानतर्फ विद्यार्थीहरु रिता थापा १४ मत, काब्या ठ्कुरी २६मत, आवास श्रेष्ठ १० मत,बाबुल बिष्ट २१ मत, अस्मिता  अधिकारि ०२ मत युबराज दुलाल २६ मत, कौसल बानिया १० मत र उपकप्तान तर्फ एन्जिला शेर्पा २२ मत, उषा पाचकोटी ४ मत, नेहा बोहरा ३८ मत, सृष्टि बुढाथोकी ६ मत, लक्ष्मी घिसिङ १६ मत प्राप्त गरेका थिए । कप्तानतर्फ अफजल गुरुङले ३७ मत प्राप्त गरि बिजयी भए  भने उपकप्तान तर्फ ५३ मत ल्याएर जेशिका राई बिजयी भइन् ।

कप्तान र उपकप्तान को चुनावमा मत संख्या १७८ जनामा १४८ मत खसेको थियो। कप्तानतर्फ २ र उपकप्तान तर्फ १४ मत बदर भएको थियो। शिक्षकहरु मनोज बस्नेत, बिनोद लामा, इन्दिरा खड्का, रामचन्द्र पोखरेल, अनमोल गिरी, प्रवेश खनालले मतदान सहायकको रुपमा, अनुगमनमा बिजया भन्डारी, भुवन दङाल र निर्वाचन आयोगका समितिका रुपमा सुधिर भट्टराई, यज्ञराज कडरिया र दीपक दासले कार्यसम्पादन गरेका थिए । बिजयी  विद्यार्थीलार्इ प्रमाणपत्र र सपथ ग्रहण एकाडेमिक डाइरेक्टर बसन्त टन्डन क्षेत्री गराएका थिए ।