झापा ।

गायिका मेलिना राईले आर्थिक अभावका कारण पढाई छोडेका दिदी भाइलाई आर्थिक सहयोग गरेकी छन्। इलामको दानाबारीस्थित एक परिवारका दिदी र भाइहरुलाई बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका फियाकको समुहमार्फत नगद ५० हजार रूपैयाँ सहयोग गरेकी हुन् ।

 हेर्ने कथा कार्यक्रमबाट अनिसा लिम्बू र उनका  उनका भाईहरुको  बारेमा थाहा पाएकी गायिका राईलगायत ,सामाजिक अभियन्ताहरू पदम फियाक (बाटोघरे) ले १२ हजार ५ सय रूपैयाँ, दमक स्थायी ठेगाना भै हङकङ बस्ने भबिन लिम्बुले १५ हजार रूपैयाँ र अस्मिन फियाकले ५ हजार रूपैयाँ सहयोग गरेका छन् ।

 सानै उमेरमा बुबा गुमाएको र आमाले पनि छाडेर गएपछि ३ जना भाइहरुसहित अभिभावक जिम्मेवारी संहाल्दै आएकी लिम्बूले आफ्ने पढाई छाडेर ज्याला मजदुरी गर्दै परिवारको जीविकोपार्जन गर्दै आएकी छिन् । उनीहरूको दैनिकी र अवस्थाका बारे मिडियामा आएपछि विभिन्न मानिस र संघ-संस्था सहयोग गरेको उनले बताइन् । 

लिम्बू भन्छिन्  ‘मैले सहयोगको अपेक्षा गरेकै थिइन, तर हाम्रो बारे थाहा पाएर, हाम्रो कथाले छोएर धेरैजना आइरहनु भएको छ । सबैलाई धन्यबाद दिन चाहन्छु ।’