• धर्मेन्द्र मामा 

चारपाने । 

 नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोस  चारपाने झापाले सेवा केन्द्रका उपसमितिका पदाधिकारीका लागि दुई दिने अभिमुखीकरण तालीम सम्पन्न गरेको छ।

संस्थाको केन्द्रीय कार्यालयमा  कार्तिक १८ र १९ गते संचालित उक्त कार्यक्रममा माई पूर्वका ९ वटा सेवा केन्द्रका ३६ जना उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो। 

कार्यक्रमलाई नेस्फ्कुनका पूर्व सदस्य घनश्याम अधिकारी,  सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्र गिरी र सह–निर्देशक दिनेशबहादुर निरौलाले सहजिकरण गरेका थिए। कार्यक्रममा सहकारी उत्पत्ति बिकास, औचित्य तथा मुल्य र मान्यता तथा सिद्धान्त, सहकारीमा शुसासन, ऐन कानून, नीति नियम र सदस्य केन्द्रीयता, सहकारीमा नेतृत्व बिकास, पल्स अनुगमन प्रणाली तथा संस्थाको वित्तीय अवस्था बारे जानकारी गराइएको थियो।

त्यसैगरी संस्थाको वस्तु तथा सेवा बारे जानकारी बचत ऋण बिमा रेमिट्यान्स प्रविधि, सेवा केन्द्र उपसमितिको जिम्मेवारी तथा अधिकार बारेमा जानकारी गराइएको थियो। तालिम संयोजक मातृका सुवेदीले सेवाकेन्द्र उपसमितिले गर्नु पर्ने बार्षिक कार्यक्रमको खाका बारेमा जानकारी दिएका थिए ।  

तालिम समापन समारोहमा सहारा नेपाल साकोसका संचालक समितिका अध्यक्ष हरिबहादुर राजवंशी, संस्थाका निर्देशक लक्ष्मण खतिवडा लगायतले तालिमको औचित्य र महत्व वारे प्रकाश पारेका थिए ।