शरणामती । 

झापाको झापा गाउँपालिकास्थित शरणामतीमा आज( शुक्रवार) देखि आगामी कार्तिक २२ गते मंगलबारसम्म आयोजना हुन लागेको तेस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

भलिवल प्रतियोगिताका लागि शरणामती साथै जनता माविको खेलमैदान दुलहीझै सिगारिएको छ । शरणामतीका विभिन्न ठाउँमा प्रवेशद्वार राखिएको र स्टेज सजि सजाउ बनाइएको छ ।

सुक्रबार देखि शुरु हुने प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष खगेन्द्र घिमिरेले जानकारी दिए । । भलिवल प्रतियोगिताका लागि खेलमैदान, दर्शक बस्ने ठाउँ लगायत सम्पुर्ण तयारी चुस्तदुरुस्त बनाइएको घिमिरेले बताएका छन् । खेलमा जिल्लाबाट ११ टिम र जिल्ला बाहिरबाट ९ टिमले भाग लिने आयोजकले जनाएको छ । 

तेस्रो अध्यक्ष कपको  विजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ र उप–विजेता टिमले १ लाख ५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने नवगठित समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५५५ रुपैयाँ नगद  पुरस्कार पाउने छन् ।