• चन्द्र बस्नेत

सुरुङ्गा ।  

झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्देश्यले दुईथान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय इलेक्ट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेको हो ।

हाल विद्युत उत्पादनमा नेपाल आत्मर्निभर भए पनि उक्त विद्युतलाई सवारी साधनमा समय अनुकुल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन । 

त्यसरी इन्धन आयात हुँदा देश वर्षेनी आर्थिक घाटामा गहिरहेको छ । आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर आफैं समृद्धि बन्नेतर्फ स्थानीय स्तरबाट नै सोच परिवर्तन नगरेसम्म नेपाल र नेपालीको सुखी तथा समृद्ध बन्ने सपना मात्र रहन्छ । त्यसैलाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले मोटरसाइकल र स्कुटर खरिद नगरमा भित्र्याएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्चसँगै वातावरणीय असर पनि निम्त्याएको छ ।  इलेक्ट्रिक सवारी साधनको प्रयोगले विदेशिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन,  वातावरण र ध्वनी प्रदुषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको लागि बिद्युतीय बाइक र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताएका छन् । 

बिद्युतीय सवारी साधन कनकाई नगरपालिकाले पहिलो पटक भित्र्याएसँगै अन्य पालिकाले पनि माग पत्र पेश गर्न थोलेको सिटौला इन्टरप्राइजेजले जनाएको छ ।  अहिले पहिलो चरणमा दुईवटा सवारी साधन भित्र्याएसँगै खर्च कम हुने भएपछि यसको माग नगरभरी नै बढ्दै गएको नगर प्रमुख पोखरेलका स्वकीय सचिव बिजय पाठकले जानकारी दिए । 

kkk