शरणामती । 

झापाको झापा गाउँपालिका–६ शरणामतीमा प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि सन्चालन हुने बताइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि आम भेलाले आयोजक समिति गठन गरेको  छ । खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हुमा कार्की, सचिवमा रुपनारायण वजगाई, सह–सचिवमा भुवन कार्की, कोषाध्यक्षमा दीपक सिटौला रहेका छन् ।

त्यस्तै सदस्यमा रुपक कार्की, गोपाल प्रसाई, नवीन कटुवाल, भुमिका भट्टराई, डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।

तेस्रो अध्यक्ष कपको  विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने नवगठित समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार नगद, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद  पुरस्कार पाउने भएका छन् । तेस्रो अध्यक्ष कप सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।