सुरुङ्गा । 

प्रवासी झापाली मञ्च नेपालले झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गामा सरसफाई अभियानसहित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष नेत्र प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य एवम प्रदेश नं. १ का इन्चार्ज छविलाल खतिवडाको प्रमुख आतिथ्यरहेको थियो ।  

कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेल, कनकाई ३ का अध्यक्ष युवराज चौलागाईं, मञ्चका केन्द्रीय सल्लाहकार समितीका संयोजक ज्ञानेन्द्र सुब्बा, केन्द्रिय सदस्यहरु बिष्णु बन्जरा, रिता सङ्गग्रौला, टिकाराम पोख्रेल, लेखनाथ खतिवडा, डम्बर घतानी, बिवेक बस्नेत, लक्स्मड पाठक, पूर्णप्रसाद सिटौला लगायतले आ– आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा कनकाई माबिका बिद्यार्थीले तिहारको सघारमा प्रवासमा रहेका दाजुभाईहरुलाई चेलीबेटीले भाईटिका लगाउन नपाएको वेदनासहितको विभिन्न तिहार बिशेष सास्कृतिक कार्यक्रमसहित कविता प्रस्तुत गरेका थिए । 

संघ÷संस्थामा आवद्ध दाजुभाई तथा दिदिबहिनीहरुले खानपिनसहित तिहारको शुभकामना दिएका थिए । कार्यक्रममा  सहभागी बिद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियोे । मञ्चका उपाध्यक्ष खगेन्द्र चौलागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब मनोज बस्नेतले गरेका थिए । 

आज बिहान सुरुङ्गा बजार, प्राथमिक स्वास्थ्य केन्द्र , वडा न ३ को कार्यालय, कनकाई माबि जाने बाटोलगायत स्थानमा सरसफाई अभियान समेत सञ्चालन गरिएको अध्यक्ष प्रसाईंले जानकारी दिए ।