• चन्द्र बस्नेत

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा बजार क्षेत्रमा   अनुगमन गर्दा म्याद गुज्रिएका र गुणस्तरहीन सामाग्री फोला परेपछि संकलन गरी नष्ट गरिएको छ । 

सुरुङ्गाका उद्योग, पसल तथा बजारमा अनुगमन तथा निरिक्षण गरी म्याद नाघेका अखाद्य र मापदण्ड विपरितका सामाग्री फेला परेपछि संकलन गरी नष्ट गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि र समाजिक संघ संस्थाहरूका प्रतिनिधि सहितको अनुगमन टोलीले ती पसलहरूमा अनुगमन गर्दा म्याद गुज्रिएका तथा अखाद्य बस्तुहरू फेला परेको थियो ।

अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर, किराना पसल, होटल, औषधी पसल , मासुजन्य पदार्थ, मिस्टान्न भन्डार, फलफूल पसल, कोल्ड सेन्टर, सुनचाँदी पसल एवम्  ब्युटी पालर र सैलुन लगायतको अनुगमन गरेको थियो । अनुगमनका क्रममा विभिन्न म्याद गुज्रिएका तथा अखाद्य सामाग्री संकलन गरि नस्ट गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए ।

अनुगमन  गरेका पसलहरुमा धेरै म्याद गुज्रिएका, अधिकांश पसलमा मापदण्ड बिपरित रहेकोे पाईएको कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

अनुगमन टोलीले सतासी बहुमुखी सहकारीद्वारा सञ्चालित मार्टबाट म्याद गुज्रिरिएको २१४ प्याकेट पापड, न्यु चिल्ली रेष्टुरेन्टबाट थुक्पा, जयमाता पाथिभराबाट चिसो पिय पदार्थ र बिस्कुट, कनकाई फलफूल पसलबाट बिस्कुट तथा रसवरी र वुष्ट त्यसैगरी भान्जा स्टोरबाट ५ प्याकेट काजु, प्रमोद स्टोर्स बाट ४ प्याकेट फ्राइ मटर बरामदगरेको घरेलु तथा साना उद्योग भद्रपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

सुरुङ्गामा भएको अनुगमनमा पसल, उद्योग, कलकारखाना र बजारबाट गुणस्तरहीन सामाग्री फेला परेको र ती सामाग्री संकलन गरी नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । 

अनुगमनका क्रममा धेरैजसो सामानमा उत्पादन तथा प्रयोग मिति नभएको, पसलको नापतौल तलमाथि भए नभएको, पसलमा इजाजत पत्र,  सरसफाई  रहे नरहेको, होटल तथा मिष्ठान भण्डारमा खान तयार खाद्य सामाग्री र खाना बनाउने ठाउँको समेत अनुगमन गरि मापदण्ड बिपरित रहेका सामाग्री नस्ट गरिएको थियो । त्यस्ता गुणस्तरहीन सामाग्री भेटिएका पसललाई सचेत गराएको साथै अर्को पटक पनि त्यस्तो पाइए कडा कार्बाहि गरिने  समितिका सयोजक तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी नेपालले  बताएका छन् । 

अनुगमनका क्रममा नगरका कर्मचारी, आन्तरीक राजस्व कार्यालय झापाका विशाल काफ्ले, कनकाई ३ का वडाध्यक्ष युवराज चौलागाईं, वडा न ७ का अध्यक्ष  भिष्मभुसण सिटौला, वडा न १ का अध्यक्ष सुशिलकुमार  पोख्रेलका साथै ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर जिम्बा, कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलासहित अन्य पदाधिकारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको नगरप्रमुख पोख्रेलका सोकिय सचिब विजय पाठकले जानकारी दिए ।

सुरुङ्गा बजारबाट शुरु गरिएको अनुगमनलाई घैलाडुब्बा, लक्ष्मीपुर दुर्गापुर क्षेत्रका पसलमा पनि गरिने जनाइएको छ ।